२०८३ असार २५ बिहीबार
२०८३ असार २५ बिहीबार

झगडा हुँदा भतिजाले काकाको कान टोकेर खाइदिए

काठमान्डौं- सल्यानमा काका र भतिजाबीच झगडा हुँदा भतिजाले काकाको कान टोकेर खाइदिएका छन्।

ईलाका प्रहरी कार्यालय लुहामलका अनुसार आपसी विवादमा कालीमाटी गाउँपालिका–१ हिङनाउरेका ५६ वर्षीय काका धनबहादुर कुँवर र भतिजा खीमबहादुर कुँवरबीच झगडा भएपछि भतिजाले काकाको कान टोकेर खाएका हुन्।

बाख्राको विषयमा विवाद भएपछि गएराति ९ बजेतिरको समयमा उनीहरूबीच झगडा भएको, काकाको कान पूरै छिनालिएको र खोज्दा पनि कान नभेटिएपछि भतिजालाई सोध्दा आफूले खाएको बताएको प्रहरीले जनाएको छ।

पीडित धनबहादुरको स्थानीय मेडिकलमा उपचार गरिएको छ। काका धनबहादुरले पनि करिब ६ वर्ष पहिले भतिजा खीमबहादुरका बुवाको कान टोकेर छिनालेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।