२०८३ असार २५ बिहीबार
२०८३ असार २५ बिहीबार

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आशिंक रुपमा निषेधाज्ञा

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आशिंक रुपमा निषेधाज्ञा जारी गरेको छ ।जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न क्षेत्रमा रोक लगाएको र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार हस्ताक्षर पत्रमा भिमदत्त नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको र अरु स्थानीय तहलाई संक्रमणको अवस्था ख्याल गरि आवश्यक व्यवस्था गर्ने समेत जनाएको छ ।

यस्तै सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लव, हेल्थक्लव, जिमखाना, स्वीमिङ फुल, हाटबजार, फुटसल बन्द गर्न आदेश दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । उनका अनुसार सभा, सम्मेलन र जुलुस गर्न बैशाख मसान्तसम्म रोक लगाइएको छ । मठ, मन्दीर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पूरा गरी नित्य पूजा, ध्यान र प्राथना मात्रै गर्न पाइने भएको छ ।

यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तिय सस्था, सहकारी लगायतका संघसस्था विद्युतीय माध्यमबाट सञ्चाल न गर्ने र सम्भव नभए जनस्वास्थ्यको मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिइएको छ । आदेशको अवज्ञा गरे संक्रामक रोग २०२० अनुसार कारवाही हुने आदेशमा भनिएको छ । यता कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कैलालीमा स्थानीय प्रशासनले समेत आशिंक रुपमा निषेधाज्ञा जारी गरिसकेको छ । कञ्चनपुरमा आज मात्रै जिल्लाको तथ्यांकअनुसार २३ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । प्रशासनको आदेश यस्तो रहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।