२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

‘स्वास्थ्यका लागी खेलकुल, राष्ट्रका लागी खेलकुद’, धनगढीमा जिल्ला लिग फुटबल प्रतियोगिता आज देखि शुरु

धनगढी । स्वास्थ्यका लागी खेलकुल, राष्ट्रका लागी खेलकुद भन्ने नारा सहित धनगढीमा जिल्ला लिग फुटबल प्रतियोगिता आज देखि शुरु भएको छ । 

धनगढी रङ्शालामा सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगिता जेठ १ गतेसम्म सञ्चालन हुने आयोजक कैलाली जिल्ला फुटबल संघले जनाएको छ । फुटबल प्रतियोगितामा कैलाली जिल्लाका १७ ओटा फुटबल टिमको सहभागिता रहेको छ  । 
जिल्ला लिग फुटबल प्रतियोगिताका सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिब दिपक बहादुर सिँहले उट्घाटन गरेका हुन । उट्घाटन कार्यक्रममा बोल्दै खेलकुद परिषदका सदस्य सचिब सिँहले सुदुरपश्चिम प्रदेश फुटबल खेलको उर्वर क्षेत्र भएकाले यस्बाट राम्रा खेलाडीको उत्पादन हुने बताए ।

फुटबल खेलप्रती युवाहरुको आकर्षण बढ्ने र सुदुरपश्चिमको पहिचान राख्न जिल्ला लिग फुटबल प्रतियोगिताले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । यस्तै कैलाली जिल्ला फुटबल संग कैलाली उपाध्यक्ष अनिल मल्लले नयाँ फुटबल खेलाडी उत्पादन गर्ने उदेश्यले जिल्ला लिग फुटबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । 

यस्मा कैलाली जिल्ला फुटबल संघमा आबद्ध भएका १७ ओटा टिमाको सहभागिता रहने उनको भनाइ छ । केन्द्रीय अखिल नेपाल फुटबल संगको बार्षिक निती तथा कार्यक्रम अनुसार आयोजना गरिएको  प्रतियोगिता आयोजना गरिएको कैलाली जिल्ला फुटबल संग कैलाली उपाध्यक्ष मल्लले बताए । 

जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरर्गत पहिलो उद्घाटन खेल स्टार सिटी युथ क्लब र धनगढी युवा क्लब विच भएकोमा खेलमा स्टार सिटी १ गोलले विजय भएको छ । खेलमा धनगढी युवा क्लबको २ गोल र स्टार सिटीको ३ गोल भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।