२०८३ असार १७ बुधबार
२०८३ असार १७ बुधबार

एमाले सांसद रावलको घरमा ढुंगा हान्ने एकजना पक्राउ

नेकपा एमालेका सांसद झपट रावलको घरमा गएराति ढुंगा हानेको आरोपमा रामेछापका मनोज तामाङ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले २२ वर्षीय तामाङलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले जानकारी दिए ।

उनीसँगै ढुंगा हान्ने नसिन लिम्बु भने फरार छन् । दुईजनाले ढुंगा प्रहार गरेका बेला प्रहरीलाई खबर गर्न खोज्दा सम्पर्क नभएको भन्दै सांसद रावलले बिहीबार राज्य व्यवस्था समिति बैठकमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

पक्राउ परेका तामाङले सांसद रावल नचिनेको र आफूले सो घर अगाडि पार्किङ गरेको मोटरसाइकलको हावा घरबेटीले खुस्काइदिएकाले ढुंगा हानेको प्रारम्भिक बयान दिएका छन् ।

गाडी निस्किने ठाउँमा मोटरसाइकल पार्किङ गर्दा समस्या भएकाले घरधनीले हावा खुस्काइदिएपछि राति मदिरा सेवन गरेर आएर ढुंगा हानेको बुझिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।