सुदूरपश्चिममा थप १४ जनामा कोरोना पुष्टि भएको छ । बुधबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा ७३ नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।



उनका अनुसार धनगढी उपमहानगरपालिका वडा २ का एक जना , वडा नम्बर ३ का चार जना, वडा नम्बर ४ का एक जना,वडा नम्बर ५ का दुई जना,वडा नम्बर ६ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का एक जना, कैलालीको गोदावरी नगरपालिका ९ का एक जना , कञ्चनपुरको भिमदत्त नगरपालिका २,५ र १० का एक-एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। अहिले अस्पतालमा कुल संक्रमित मध्ये १ जना आइसियू २ जना भेन्टिलेटर र दुई जना आईशोलेशनमा राखिएको जनाएको छ ।
Views: 301

























