२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

मोबाइल एप्लिकेसन ‘माई सेकेण्ड टिचर’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीलाइ प्रायोजन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार ‘माई सेकेण्ड टिचर’को आईएनजी ग्रुपसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो ।

सोमबार आईएनजी ग्रुपका संस्थापक तथा माई सेकेण्ड टिचरका सहसस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जर्सी सार्वजनिक गरेका हुन् । 

एक वर्षका लागि गरिएको प्रायोजनको सम्झौता रकम भने खुलाइएको छैन । अब एक वर्षसम्म राष्ट्रिय टोलीको जर्सीमा ‘माई सेकेण्ड टिचर’को लोगो रहने छ । यस्तै जर्सीमा आईएनजी ग्रुप र इस्लिङ्गटन कलेजको लोगो हुनेछ । 

वैशाख ४ गतेबाट नेपालले घरेलु मैदानमा टी–ट्वान्टी क्रिकेट सिरिज खेल्दैछ । नेपाली टोलीले उक्त खेलमा नयाँ जर्सी लगाउनेछ । वैशाखमै नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज पनि खेल्दैछ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।