२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

उपाधिका लागि भिड्दै सुदूरपश्चिम र एपीएफ

काठमाडौं, २८ चैत । ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ । पहिलो संस्करणको प्रतियोगिताको फाइनल खेल आज हुन लागेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको फाइनल खेल दिउँसो ११ बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै दुबै टोली उपाधि आफ्नो पक्षमा पार्ने योजनामा छन् । सुदूपश्चिम प्रदेश आजको खेलमा एपीएफलाई हराउँदै समूह चरणको अघिल्लो खेलमा ब्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

एपीएफ प्रतियोगितामा आजसम्म अपराजित छ । प्रतियोगितामा ४ खेल खेल्दै ८ अंक जोडेको एपीएफ अपराजित हुँदै फाइनलमा पुगेको हो ।

यता, सुदूरपश्चिम लिगको दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोडेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।