दिपक राज भट्ट (डडेल्धुरा) — डडेल्धुरा जिल्ला सुदुरपश्चिम प्रदेशकै ऐतिहासिक तथा धार्मीक पर्यटकिय क्षेत्र रहेको जिल्ला हो । जिल्लामा दर्जनौ धार्मीक तथा ऐतिहासिक महत्ववोकेका धार्मीक पर्यटकिय क्षेत्रहरु रहेका छन ।



डडेल्धुरा सदरमुकामको दृष्य
जिल्लामा देशकै शक्तिपिठ मध्येको एक उग्रतारा मन्दीर, घटाल थान यसैगरी पर्शुरामधाम क्षेत्र ,भागेश्वर मन्दिर धुरा रहेका छन् भने ऐतिहासिक पर्यटकिय क्षेत्रमा अमरगढी किल्ला र अजयमेरु कोट रहेको छ ।
सुदुरपश्चिमप्रदेशकाअन्य पहाडि जिल्ला सहिततराईकादुई जिल्लाको प्रमुख केन्द्रका रुपमा रहेको डडेल्धुरा जिल्लामा रहेकाधार्मीक तथा ऐतिहासिक पर्यटकिय सम्भावना वोकेका क्षेत्रको विकासका लागि सुदुरपश्चिम प्रदेश सरकारले विभिन्न काम समेत गर्दै आईरहेको छ ।
यसैगरी अमरगढी नगरपालीकामा रहेको घटाल मन्दीर क्षेत्रमा पनि गुरुयोजना अनुसार विकास निर्माणको काम भईरहेको छ । जिल्लामा पर्यटकिय सम्भवाना वोकेका क्षेत्र भएपनि पर्याप्त रुपमाप्रचार प्रसारका साथै भौतिक पुर्वाधारको विकास हुन नसक्दा पर्यटकिय क्षेत्र ओझेलमा परेको होटेल व्यवसायी संघ डडेल्धुराका उपाध्यक्ष दानभण्डारीले वताउँनु भयो ।

उग्रतारा मन्दिर
जिल्लामा देशको ईतिहास संग जोडिएका ऐतिहासिक क्षेत्र वोकेका पर्यटकिय क्षेत्र रहेका छन् । धार्मीक तथा ऐतिहासिक धार्मीक क्षेत्र मात्रै नभई नेपालमै सवैभन्दा वढी उचाईमा वाघ पाइएको महाभारत वन क्षेत्र समेत डडेल्धुरामै रहेको छ ।
डडेलधुरामा रहेका पर्यटकिय क्षेत्रको विकासका लागि एक पक्ष मात्रै नभई सरोकारवाला पक्षले मिलेर पर्यटकिय क्षेत्रको प्रचार प्रसार र सम्वर्धन गर्न सके डडेल्धुरामा पर्यटकिय क्षेत्रको विकास गर्न सकिने डडेल्धुराका पर्यटन कर्मी गणेश थापाले वताउँनु भयो ।
पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार र सम्बद्र्धन गर्न सके पर्यटन क्षेत्रबाट आर्थिक उपार्जनका साथै रोजगारीका अवसरहरु पनिख सृजना गर्न सकिने ठूलो सम्भावना रहेको छ । त्यस्तै गरि डडेल्धुरा जिल्लामा विभिन्न ठाँउमा भागेश्वर गाउपालिका अन्तरगत साईल झर्ना, आलिताल, शिवपुरि धाम ,भागेश्वर मन्दिर लगायत थुपै धार्मितथा पर्यटकिय स्थलहरु रहेकाले यस क्षेत्रको पर्यटन विकास गर्न सके यहँका स्थानियलाई आर्थिक रुपले निकै फाईदा हुने देखिन्छ ।
पर्यटकीय सम्भवाना बोकेको डडेल्धुरा ः स्थानिय तहको चासो

कास्य टाकुरा हेर्न आएको हेटौडाको टोलि
फोटो (फोटोः विष्णु प्रसाद आचार्य)
पर्यटन क्षेत्र विकासका लागि स्थानिय सरकारको चासो ः
डडेल्धुरा जिलला सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले पछिल्लो समयमा पर्यटन क्षेत्र विकासका लागि पुर्वाधार निमार्ण गरिरहेको नगर प्रमुख विपिन ओझाले बताउनु भयो ।
नगरमा रहेको कस्या टाकुरा,पार्क निमार्ण ,घटाल थान निमार्ण मर्मत, अमरगढी किल्ला मर्मत मा बजेट विनियोजन गरेर काम चालु गरेको छ ।
गन्याधुरामा गाउपालिकाले भने पर्यटन पुर्वाधारका लागि ५० लाख विनियोजित गरेर काम सुचारु गरेको छ । गन्याप मन्दिरमा गत बर्ष २० लाख काम सम्पन्न भएको छ भने गन्याप तालमा १८ लाख लगायत अन्य धामिर्क तथा पर्यटकिय क्षेत्रमा जम्मा ५० लाख वजेट विनियोजित गरेर काम भईरहेको गाउपालिका अध्यक्ष नब्बल मल्ल बताउछन् ।
अजयमेरु गउपालिका अध्यक्ष उमेश प्रसाद भट्ट भन्छन् ः
यहाका र्पयटकिय क्षेत्र अजयमेरुकोट, जगन्नाथ मन्दिर लगायतका क्षेत्रको मर्मत सम्भारका साथ पर्यटन प्रर्बद्धनका रकम विनियोजित गरेर काम गरिरहेका छ । यस्तै भागेश्वर गाउपालिकामा रहेको सायल झर्ना,भागेश्वर मन्दिर र्पवद्र्धनका लागि बजेट विनियोजन गरेका छ ।
सहिद भिमदत्त पन्को जन्म थलो (तस्बिर हेमन्त पन्त)




















