पदम जोरा,डडेल्धुरा
नेपाल पत्रकार महासंघ डडेल्धुरा साखाको निर्वाचनमा पत्रकार बरुण पनेरु अध्यक्ष सहितको सयुक्त प्यानल चुनावी मैदानमा हुमीएको छ ।



चैत २५ गते हुने निर्वाचनमा डडेल्धुरा साखाको कोषाध्यक्ष, सह–सचिव समाबेसी सह–सचिव समाबेसी सदस्य, दलित सदस्य सर्वसम्बत चयन भएका छन ।
अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव ,महिला सदस्य, खुल्ला सदस्य पदका लागि चैत्र २५ गते निर्वाचन हुने भएको छ ।
सोमवार अध्यक्ष पदका लागि सयुक्त प्यानल को तर्फवाट बरुण पनेरु, उपाध्यक्षमा गणेश रोका, महिला उपाध्यक्षमा निर्मला कुमारी भट्ट, सचिव पदका लागि पुस्कर भण्डारी , महिला सदस्यमा ललिता साउँद, खुल्ला सदस्यमा आसिष मल्ल, हर्क बहादुर चन्द, टिकाराम साउँद, दिपेन्द्र अवस्थी, दिपक राज भट्टराई, दिपक राज भट्ट ले उम्मेदवारी दर्ता गराएका छन ।
प्रेस चौतारी र प्रेस युनीयन विच भएको एलायन्स पश्चात सयुक्त प्यानलको उमेद्वारी दर्ता गरि चुनावी मैदानमा हुमीएको हो ।
९३ जना मतदाता रहेको जिल्ला साखा डडेल्धुराको निर्वाचनको एलायन्सलाई सर्वत्र चासोको विषयका रुपमा लिइएको छ ।
प्रेस चौतारी र प्रेस युनीयन विच सयुक्त चुनावी मैदानमा जाने निर्णय गरे पछि प्रेस युनीयन आवद्व उमेद्वारले बिभिन्न पदमा दिएको उमेद्वारी फिर्ता लिएको छ ।

























