२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

विश्वेश्वर प्रसाद कोइरालाका मनछुने १० भनाई

विश्वेश्वर प्रसाद कोइराला एक कुशल नेता हुन् । जननिर्वाचनबाट आएका नेपालका प्रथम प्रधानमन्त्री समेत हुन् कोइराला ।

उनको जन्म सन् १९१४ सेप्टेम्बर ८ मा भएको थियो भने सन् १९८२ जुलाई २१ मा उनको निधन भएको थियो । उनी चर्चित सहित्यकार पनि हुन् ।

उनले लेखेका नरेन्द्र दाई, तीन घुम्ती, बाबु, आमा र छोरा, सुम्निमा जस्ता धेरै उपन्यास चर्चित छन् । उनका चिन्तन र विचारहरू अझै पनि प्रेरणादायी मानिन्छन् । यहाँ उनका १० मन छुने भनाई समेटिएको छ ।

१.साहित्य सभ्यताको प्रतीक हो ।

२.साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ ।

३. प्रजातन्त्र बिना देश रहँदैन ।

४.राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना र विचार हो ।

५.जीवन नै एक सुनिश्चित जोखिम हो ।

६. सङ्गीत र भावको सम्मिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो ।

७. समालोचक हुन पर्याप्त ज्ञान र सीपको आवश्यकता पर्दछ ।

८.कसैको शिरमा कालो टोपी छ वा छैन भन्ने कुराले केही अर्थ राख्दैन, यथार्थमा संस्कृति भनेको मानवको व्यवहार हो ।

९.देश भन्नुहोस् वा राष्ट्र, त्यो भूगोल होइन, त्यो यथार्थमा जनता हो ।

१०.हामीले आफ्ना बिरोधीहरूलाई सिद्धान्तको आधारमा जित्नुपर्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।