२०८३ असार २० शनिबार
२०८३ असार २० शनिबार

एमाले आधिकारिक हामी हौं : नेता नेपाल

काठमाडौँ,२२ चैत । काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै वरिष्ठ नेता माधव कुमार नेपालले आधिकारिक एमाले आफूहरुनै भएको दावी गरेका छन् । नेपालले भने,’ कानुनी रुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो,एमाले आधिकारिक हामी हौं । हामी यसैलाई आधिकारीक मान्छौं । कानुनले दिएन भने बेग्लै उपाय खोजौंला ।’

महाधिवेशनमा जालझेलले जितेको मान्छेले फुर्ती लगाउन नमिल्ने बताउँदै नेपालले भने ‘महाधिवेशनमा जालझेलले जितेको मान्छेले फुर्ती लगाउन मिल्दैन । अधिवेशनबाट निर्वाचित भएका जिल्ला अध्यक्षलाई फालेर ओलीले कमाउवादलाई प्रश्रय दिँदैछन् । ओलीको बुझाइमा मार्क्सवाद मुक्ति होइन कमाउवाद हो’, ।

त्यस्तै, संख्यात्मक हिसाबले समेत आफूहरु कम्जोर नभएको जनाउँदै उनले भने, ‘संख्यात्मक कुरा गर्छ भने, संगठनको हिसाबले पनि हामी कमजोर छैनौं’ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।