२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

खनाल-नेपाल पक्षद्वारा दुई महिने अभियानको घोषणा, ओलीलाई एकतामा फर्कन आह्वान

काठमाडौं । पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभर दुई महिने संगठन निर्माण अभियान सञ्चालन गर्ने भएको छ ।

शनिबार बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर संगठन निर्माण, सुदृढीकरण अभियानका साथै प्रशिक्षणका दुई महिने कार्यक्रम गर्ने निर्णय गरेको हो ।
उक्त समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेलाई आधारमा मानेर एकतामा फर्कन आह्वान समेत गरेको छ । आगामी दुई महिनाका लागि घोषणा भएको कार्यक्रमका लागि जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय समेत भएको छ

बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको हो ।

बैठकपछि नेता योगेश भट्टराईले संचारकर्मीहरुसँग कुरा गर्दै एमालेको एकता संकटमा रहेकाले दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्षलाई आग्रह गरेको जानकारी दिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।