२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

सुदूरपश्चिमका ३ जनामा नयाँ भेरियन्टको कोरोना पुष्टि

धनगढी । भारतबाट सुदूरपश्चिम भित्रिएका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका तीन जनामा संक्रमण पुष्टि भएको हो ।

उनले कञ्चनपुरका एकजना, डडेल्धुराका एकजना र डोटीका एकजना गरी तीन जनामा संक्रमण देखिएको जानकारी दिए ।

नाकाबाट स्वदेश भित्रिएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएकोमा ३ जनामा नयाँ भेरियन्टको कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

उनीहरु होम आइशोलेसनमा रहेको बताईएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।