कैलाली – जिल्लाको एक घर आगलागीबाट ध्वस्त भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ६ माचघाडीस्थित हिरा साउदको घरमा शनिबार आगलागी भएको हो।



आगलागीबाट घर पुरै ध्वस्त भएको स्थानीय गणेशबहादुर बोगटीले बताए। आगो प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन्।
आगलागीको कारण र क्षति विस्तृत विवरण आउन बाँकी रहेको कैलाली प्रहरीले जनाएको छ।
Views: 153

























