२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

बैतडीको फलाम खानीमा उत्खनन सुरु, करीब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको दाबी

बैतडी : सिगास गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन सुरु गरिएको छ । सिगास(१ को सुगरखालमा फलाम खानी भेटिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।

गत चैत ८ बाट फलाम खानीमा उत्खननको काम भइरहेको छ ।

‘उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको थियो, अध्ययनपश्चात् सो ठाउँमा फलाम खानी रहेको देखिएकोले उत्खनन सुरु गरिएको छ,’ उनले भने । सो फलाम खानीमा सुभम् मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको उनले बताए ।

सुभम् मिनिरल्सले परीक्षणकालमा मात्रै करीब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको बताएको छ । फलाम उत्खननका लागि गाउँपालिकाबाट सिफारिश दिएर काम सुरु भइसकेको हो । ‘चीनका विज्ञ टोली आएपछि खानी उत्खनन थालिएको हो,’ उनले भने ।

फलाम खानीमा फलाम भेटिएको खबर आएको र केही दिनभित्र विद्युत् विस्तारको तयारीसमेत भइरहेको अध्यक्ष धामीले जानकारी दिए । फलाम खानी उत्खननको काम सुरु भएकोले स्थानीयवासीले रोजगारी पाउने अपेक्षा गरिएको छ । उत्खनन स्थलमा ३३ केभी विद्युत् प्रसारण लाइन पुर्‌याउनेलगायतका काम पनि भइरहेका छन् । यसका साथै सडक स्तरोन्नति पनि गरिने जनाइएको छ । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।