२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

निलम्बनपछि माधव नेपालको प्रतिक्रिया- ‘ओलीलाई त्यस्तो अधिकार छैन’

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई निलम्बन गर्ने पार्टीको निर्णयप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीबाट निलम्बन गर्ने अधिकार नभएको जिकिर गरेका छन् ।

आफूले त्यसबारे पत्र नपाएको साथै पत्र आएमा पनि ओलीलाई त्यस्तो अधिकार नभएको दाबी गरे । त्यस्तै नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई पार्टीले पहिल्यै हटाइसकेको र ओली एक गुटको मात्रै अध्यक्ष रहेको आरोप लगाएका छन् ।

पार्टीको हित विपरित काम गरेको भन्दै वरिष्ठ नेता नेपाल र पार्टी उपाध्यक्ष भीम रावललाई पार्टीले स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाको लागि निलम्बन गरेको हो । अध्यक्ष ओलीले एक पत्र पठाउँदै स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नभएको समेत बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।