काठमाडौँ, १६ चैत । नेपाल कम्युनिस्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।



पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल र रावललाई पार्टीबाट ६ महिनाका लागि निष्कासन गरेको पत्र पठाएका छन् ।
यसअघि केन्द्रीय समितिको बैठकले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले दुवै नेतालाई पार्टीबाट निष्कासन गरेका हुन् ।
Views: 159

























