२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

विद्यालयले होली खेलेर ६ लाख ६१ हजार ७ सय ८६ रुपैंया संकलन

डोटी- डोटीको शिखर नगरपालिका वडा नं. ११ मल्लीसात गाउँमा रहेको भगवती आधारभूत विद्यालयले होली खेलेर ६ लाख ६१ हजार ७ सय ८६ रुपैंया संकलन गरेको छ । चैत्र ११ गतेदेखि १५ गतेसम्म ५ दिन होली खेलेर उक्त रकम संकलन भएको विद्यालयका शिक्षक रमेश बोहराले  जानकारी दिए । विद्यालयका सेवा क्षेत्रभित्रका गाउँहरु किमडा, ओली गाउँ र मल्लीसातका अन्दाजी १ सय ७५ घरधुरीहरुमा खेलेको होलीबाट उक्त रकम संकलन गरिएको शिक्षक बोहराले बताए ।
सो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कर्ण सिं बिष्ट नेतृत्वमा स्थानीय शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजिवी, अभिभावक, शिक्षक, विद्यार्थी सबै मिलेर खेलेको होली कार्यक्रममा ‘टप टेन’ सहयोगदाताको नाम पनि विद्यालयले सार्वजनिक गरेको छ । सबैभन्दा बढी सोही विद्यालयका प्रधानाध्यापक दिपक बोहराले ५० हजार ५ सय ५५ रुपैंया सहयोग गरेका छन् ।
त्यस्तै विद्यालयका अध्यक्ष बिष्टले ३२ हजार ६ सय ५, शिक्षक रमेश बोहराले २७ हजार ५ सय ५५, खडक बोहराले २५ हजार २०, शिक्षक हिमा खड्का बोहराले २५ हजार ५ रुपैंया सहयोग गरेका छन् । यसैगरी शिक्षक गोरख ओझाले १६ हजार १ सय ५, भीम खत्रीले १५ हजार ५ सय ५५, शिक्षक गणेश रावलले ११ हजार १, शिक्षक जोग बोहराले १० हजार १ सय र हिक्मत बिष्ष्टले १० हजार ५५ रुपैंया सहयोग गरेको विद्यालय परिवारले जनाएको छ । विद्यालयको होली कार्यक्रमलाई रु. ५ हजारभन्दा माथि आर्थिक सहयोग गर्ने सबैलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
विद्यालयको आर्थिक अवस्था कमजोर भएकाले निजि श्रोतका शिक्षकलाई तलब प्रदान गर्न तथा विद्यालयको भौतिक विकासका लागि होली खेलेर रकम संकलन गरिएको बताईएको छ । साथै शिखर नगरपालिकाको वडा नं. ११ मा माध्यमिक तहको विद्यालय नभएकाले सोही विद्यालयलाई मा.वि. बनाउने पनि सो विद्यालयको तयारी छ ।
वि.सं.२०३७ सालमा स्थापना भएको सो विद्यालयमा अहिले १० जना शिक्षक र ३ सय ५ जना विद्यार्थीहरु रहेका छन् । विद्यालयका शिक्षकमध्ये ३ जना स्थायी शिक्षक, २ जना राहत शिक्षक, १ जना बाल विकास सहजकर्ता र ३ जना निजी शिक्षक कार्यरत छन् ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।