राजेन्द्र सिंह साउद/गर्जे,चैत्र-११ । बैतडीको दुर्गम र पिछडीएको गाउँपालिकाको नामले परिचित सिगास गाउँपालिका ले बिकासको फड्को मार्दैछ।



कुनैबेला जङ्गली जनावर बस्ने ठाउँमा किन गाउँपालिका बनाइयो भनेर नानाथरी बिरोध गर्थे,हेर्ने दृष्टिकोण फरक हुन्थ्यो, कर्मचारीले त झन गाउँपालिकामा बस्नै मान्दैनथे हेर्दा हेर्दै आज सिगास गाउँपालिका र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना को आर्थिक सहयोग तथा अनिरूद्र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सामाजिक सहयोगमा सञ्चालित गर्जे सोलार लिफ्टिङ खानेपानी आयोजनाको समुद्घाटन कार्यक्रम एक औपचारिक कार्यक्रम सहित सदरमुकाम गर्जेमा बाजागाजा सहित ऐतिहासिक रूपमा समापन गरिएको छ।
बाजागाजा सहित तपोवन स्थित ट्याङ्मीमा गएर पानीको उद्घाटन गरे सँगै कार्यक्रम औपचारिक तिर मोडिएको थियो। गाउँपालिकाअध्यक्ष हरि सिह धामीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम का सभावती गर्जे सोलार लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजना का प्रताप सिह बोहरा, बिशिष्ट अतिथी ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना (आर भी डब्लु आर एम पी) का डिभुटी नारायण वाग्ले, अथिती परियोजनाका जलश्रोत सल्लाहकार लब राज पन्त, फिल्ड परियोजनाका प्राविधिक सहजकर्ता दिर्घनारायण पाण्डेय , फिल्ड विज्ञ एरिक रहनु भएको थियो ।
यस्तै उक्त परियोजनाको सहयोगी संस्था अनिरूद्र ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना का टिमलिडर पदम अवस्थी,फिल्ड कोर्डिनेटर कृष्ण भट्ट,जलश्रोत प्राविधिक गोकर्ण भट्ट र कृष्ण सिह, वडा न ८ का अध्यक्ष कर्ण बहादुर ऐर,गाउपालिका प्रवक्ता राम बहादुर धामी, गाउँपालिका का बिभिन्न शाखामा कार्यरत कर्मचारी अन्य बिशिष्ट व्यक्तित्व सहित खानेपानी आयोजनाका सम्पूर्ण पदाधिकारी र उक्त खानेपानीका उपभोक्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम को व्यवस्थापन एवम उदघोषण सिगास गाउँपालिका शिक्षा शाखा प्रमुख रमेश प्रसाद भट्ट ले गर्नुभएको थियो। सिगास गाउँपालिका, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना र फिनल्यान्ड सरकारको संयुक्त लगानीमा आर्थिक वर्ष २०७६/७७ मा कुल १ करोड १६ लाख बराबर को लागतमा निर्माणाधिन उक्त खानेपानी आयोजना सिगास गाउँपालिका कै बिशिष्ट ठहरिएको बताईएको छ।
समुद्घाटन कार्यक्रम मै आयोजना का सचिव सुरेन्द्र बहादुर बोहराले आयोजनामा भएको आय व्यय विवरण सार्वजनिक गर्नुभएको थियो। ६४ वटा सोलारका प्यानलबाट सञ्चालित उक्त खानेपानी आयोजना लगभग आधा किलोमिटर तल रहेको मुल बाट अत्याधुनिक प्रविधि को उच्चतम प्रयोग गरी पानी तानिएको छ ।
११ वटा धारा रहेको उक्त खानेपानी आयोजनामा क्रमश: १४,३०र ६ घनमिटर बराबरका क्रमश:२,२, र १ ट्याङ्कीको निर्माण गरिएको छ। सबै ट्याङ्कीमा घेरबार २ वटा इन्टेक को व्यवस्थापन गरिएको अनिरूद्र ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना का जलश्रोत प्राविधिक गोकर्ण भट्ट र आयोजनाका अध्यक्ष प्रताप सिह बोहराले बताउनुभयो । सिगास गाउँपालिका को सदरमुकाम स्थित गर्जेमा पानी पुगे सँगै स्थानिय व्यापारी एवम गाउँपालिकामा कार्यरत कर्मचारीहरू हर्षित भएका छन।
कार्यक्रम मा बोल्दै बिशिष्ट अतिथी ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका डिभुटी नारायण वाग्ले ले सिगास मा आएर यस्तो अकल्पनीय काम गर्नमा सहयोग गर्ने गाउँपालिका परिवारलाई धन्यवाद दिदै आफू काम गरिरहेको संस्थानबाट गर्न सकिने काममा पछि नहट्ने बताउनुभयो।
ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका फिल्ड विज्ञ एरिक ले पानीको कारण ले निम्तिने खतराबाट बच्न बच्न आफैले सचेत हुन र मुहानको सरसफाइ एवम संरक्षण धारा संरक्षण, सहि तरिकाले पानीको उपयोग, खेर गएको पानीको सदुपयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो अगाडी थप्नुभयो “पानी जीवन हो,यस्को शंरक्षण गरौ”।
पटक पटक पानीको लागी बिभिन्न ठाउँका बयक्तिहरू संग पहल गर्दा गर्दै सम्भव नदेखिएपछि सबै सँग सहकार्य घ गर्दै सिगास गाउँपालिका जस्तो दुर्गम ठाउँमा उत्कृष्ट काम देखाएर आफ्नो छुट्टै पहिचान बनाउन सफल सिगास गाउँपालिका ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना तथा अनिरूद्र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना लाई धन्यवाद दिदै कार्यक्रम का प्रमुख अतिथी गाउँपालिका अध्यक्ष हरि सिंह धामीले गाउँपालिकाको केन्द्र गर्जेमा खानेपानीका धारा पुर्याउनमा आफ्नो लगायत सबैको महत्वपूर्ण योगदान रहेको भन्दै सहयोग गर्ने सबलाई धन्यवाद दिदै अझै आगामी दिनमा आफ्नो पहल कदमी बाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हिजो बल्लेखोला खानेपानी तथा सरसफाइ आयोजना को समुद्घाटन कार्यक्रम मा पनि सोही कुरा बताएका थिए।
यसैबिच केही दिनमै सडक पुर्याउन लागेको र विकास निर्माणलाई अगाडि बढाउन सबै जनताले आफूलाई सहयोग गर्नुहुनेछ भन्ने आशा पनि लिएको छु उहाँले भन्नुभयो। कार्यक्रम मै योजना उपभोक्ता समितिका पदाधिकारी प्रमुख अतिथि र विशिष्ट अतिथिलाई कदर पत्र का साथ सम्मान गरिएको थियो ।
कार्यक्रम मै सिगास गाउँपालिका र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना तथा अनिरूद्र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना लाई सम्मान सहित छलिया नाच एवम देउडा खेल समेत खेलिएको थियो।

























