२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

सरकारको घोषणा : पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर

काठमाडौं । सरकारले नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको छ ।  बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका हुन् ।

कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी सचिव डा. प्रेमनारायण कंडेलका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा यस्तो घोषणा गरिएको हो ।

 नेपालीलाई प्रतिवर्ष आवश्यक पर्ने ४८ वटा अण्डामध्ये नेपालको उत्पादन प्रतिव्यक्ति ५५ वटा पुगेको छ । मासु प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो आवश्यक पर्नेमा नेपालको उत्पादन १८ किलोसम्म रहेको छ ।

त्यस्तै माछा प्रतिवर्ष प्रतिव्यक्ति १४ किलो आवश्यक पर्नेमा नेपालमा  ३.५ किलो उत्पादन भएको छ । यस्तै दूधमा आत्मनिर्भर हुन वार्षिक प्रतिव्यक्ति न्यूनतम ९१ लिटर आवश्यक पर्नेमा नेपालमा ७९ लिटरमात्र उपलब्ध छ ।

घाेषणा कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्‍माकुमारी अर्यालले सरकारले थप कृषि उपजमा पनि आत्मनिभरता घाेषणा गर्ने बताइन् । आगामी पाँच वर्षमा धेरै कृषि उत्पादनमा आत्मनिर्भर भएर मुलुक निर्यातकाे अवस्थामा पुग्ने उनको दावी छ ।

याे सरकार बनेपछि कृषि उत्पादन व्यवसायिक भएकाे,कृषिको आधुनिकरण भएको र उत्पादन बढेको मन्त्री अर्यालले दावी गरिन् । दूध र मासुकाे क्षेत्रमा पनि छिट्टै आत्मनिर्भर घाेषणा गरिने तथा सरकार कृषि विकासका लागि तल्लीन रहेको उनकाे भनाइ छ । अनलाईन खवरमा यो खवर लेखिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।