कञ्चनपुरमा टायर पड्किएर वीङ्गर गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।



पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरियामा महेन्द्रनगरबाट धनगढी आउदै गरेको म १ ज २४३ नम्बरको वीङ्गर दुर्घटना हुँदा १ जनाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परेर डडेल्धुराको अमरगढी नगरपालिका –५ बस्ने ७७ वर्षीया मन्दिरा देवी पन्तको मृत्यु भएको हो।गम्भीर घाइते भएकी पन्तको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर वीङ्गरमा सवार अन्य ६ जना घाइते भएका छन्। उनीहरुको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ। वीङ्गरको पछाडीको बाँयातर्फको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
Views: 414

























