कञ्चनपुर- शिवरात्रि मेलामा निशुल्क प्राथमिक स्वास्थ सेवा, शुद्व पिउनेपानि, फलफुलकाे प्रवन्ध गरिने शुक्लाफाँटा नगरपालिका १०झलारि वजारमा लाग्ने शिवरात्रि मेलाकाे पुर्व सन्ध्यामा मन्दिर क्षेत्र तथा खुलामञ्चमा सरसफाइ गरिएको छ।झलारि पिपलाडि उधाेग वाणिज्य संघकाे पहलमा तीनओटै सुरक्षा निकायसंगकाे समुन्वयमा सरसफाइ कार्यक्रम सम्पन्न भएकाे हाे।



सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी वल वनसमेति कंचनपुरका ४०जना,ईलाका प्रहरी कार्यालय झलारिका१३जना,झलारिपिपलाडि उधाेग वाणिज्य संघमका पदाधिकारी शुक्लाफाँटाका नगर प्रमुख समेतकाे सहभागितामा सरसफाइ कार्य सम्पन भएकाे हाे।
शिवरात्रि मेलाकाे सम्पुर्ण तयारि समेत पुर्ण भईसकेकाे संस्थाका सचिव जय वहादुर ऐरले जानकारि दिए।शिवरात्रि मेलामा आउने श्रद्वालु भक्तजन,टाढाबाट आउने आमनागरिककाे लागि वजार क्षेत्रका चाेकचाेकमा शुद्व पिउनेपानिकाे व्यवस्था,प्राथमिक स्वास्थ उपचार र फलफुल समेत निशुल्क रूपमा वितरण गर्ने लक्ष्य रहेकाे संस्थाका सचिव ऐरले वताएकाहुन्।
यश बर्षको मेला अरू बर्ष भन्दा फरक ढंगले सम्पन्न हुन्छ।विभिन्न सहयाेगि दाताहरूकाे सहयाेगमा मेला सभ्य र भव्यताका साथ सफलहुने आयाेजककाे दावि छ।

























