प्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन्।



ओलीनिकट नेकपाको गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायतलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली सोमबार पोखरा पुगेका हुन्।
प्रधानमन्त्री ओलीलाई विमानस्थलमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले स्वागत गरेका छन्।प्रधानमन्त्री ओलीले आजै गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास पनि गर्ने कार्यक्रम छ।उक्त प्रतिष्ठान भवन नदीपुरमा बनाउन लागिएको छ। प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ।
Views: 183

























