डडेल्धुरा – समाजिक संघ संस्थाहरुकाे भिडिमा अाफ्नाे छुटै पहिचान सहित नेपालकै कान्छाे ज्याेतिषकाे रुपमा प्रख्यात चुरिमणि पाण्डे ‘ईश्वर’ द्धारा “श्री -ईश्वर फाउन्डेसन” स्थापना भएकाे हो । स्थापक अध्यक्षको रुपमा दुइजना रहने यो फाउन्डेसन विभिन्न सामाजिक कार्यक्रमका साथ सार्बजनिक भएको हो ।
अाजका बालबालिक भाेलिका कर्णधार , राष्ट्र विकासकाे मुख्य अाधार बालबालिकाकाे शिक्षा हाे । भाेलीका कर्णधार, अाजका साझेदार का रूपमा रहेका बालबालिका काे विकासले नै भाेलीकाे देशको विकासकाे चित्रण गर्दछ। बालबालिकामा समर्पित “श्री- ईश्वर फाउन्डेसन” काे दर्ता प्रक्रिया चलिरहेकाे उक्त फाउन्डेसनका संस्थापक अध्यक्ष चुरामणि पाण्डे ‘ईश्वर” र छमी मगर”श्री” ले बताउनु भयाे । मुख्य उद्देश्य बालबालिकालाई कर्तव्यबोध गराउनु हाे । उनिहरूमा रहेको समाजप्रतिकाे नकारात्मक धारणा लाई अन्त्य गर्दै उनिहरू लाई सकारात्मक कामप्रति अग्रसर बनाउनु हाे ।
कुनै पनि बालबालिकाहरुकाे नैसर्गिक अधिकार प्रप्तिकाे लागि अावाज बिहिन बालाबालिकाहरुकाे अावाज बनेर काम गर्ने हाम्राे मुख्य उद्धेश्य रहेकाे समेत उहाँले बताउनु भयाे । अहिले कैयाैं संघसंस्थाहरु एक निकाय र अर्को निकाय बिच प्रतिस्पर्धा गरिरहेका छन । तर कसरी दिगो बनाउन सकिन्छ भन्ने तर्फ भने कसैकाे ध्यान पुग्न सकेको छैन । हामी थाेरै काम गर्दछौं तर दिगो काम गर्दछौं । हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था हरू सँग पनि प्रतिस्पर्धा गर्दछौं तर स्वास्थ प्रतिस्पर्धा रहनेछ हाम्रो; जस्तो दुवै संस्थालाई फाइदा पुगाेस अध्यक्ष भन्छन्।



याे फाउन्डेसन पुर्ण रूपमा गैरनाफा मुलक, गैरराजनीतिक रहने छ । समाजलाई सकारात्मक फाइदा पुग्ने काम यस फाउन्डेसनले गर्ने छ । नि:स्वार्थ समाजसेवाकाे भावना नै यस फाउन्डेसनको सदस्यकाे याेग्यता हुनेछ । विषेश गरेर युवा वर्ग लाई बालअधिकार संरक्षणमा सहभागी गराउने लक्ष्य भएता पनि हामीले समाजमा सकारात्मक परिवर्तन ल्याउने सबै किसिमको कार्यक्रम गर्नेछौं । कसैले नेपालीको झन्डा बाेकेर यताउता हिड्दैमा त्यो राष्ट्रियता हुन सक्दैन । राष्ट्रिय भनेको त उसको मन बाट अाउने हाे । हामी नेपाली हुनुमा गर्व गर्दछाै । राज्यले अाफ्नाे नागरिकलाई अन्तर्राष्ट्रिय स्तर बाट सुरक्षा प्रदान गर्नु र नागरिकले कानुनको पुर्ण पालना गर्नु नै राष्ट्रियता हाे । हाम्रो मात्र प्रयासले सबै कुरा सम्भव छैन ।तर तपाई हाम्रो साझा प्रयासले धेरै कुरा सम्भब छ । हामि जल्दा बल्दा युबा देशकाे निम्ति केहि गर्नु पर्ने छ ।
राष्ट्रले तपाईंलाई जन्मभुमि दियाे ,नाम दियो , शिक्षा र स्वास्थ्य सेवा दियो, नागरिकता दियाे अब राष्ट्र बाट केही खाेज्ने हाेईन अब राष्ट्रलाई केही गर्ने पालाे तपाई हामिकाे । राष्ट्रप्रतिकाे अाफ्नाे जिम्मेवारी पूरा गर्ने अाउनुहाेस् हामी सबै सँगै हातेमालो गराै । अाजै समृद्ध समाज निर्माणमा लागि फाउन्डेसनको सदस्य पनि सुरुवात गराै अध्यक्षकाे अपिल समेत छ ।

























