२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

अब ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न सकिने

 अब ट्राफिक जरिबाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । बुधवारदेखि ट्राफिक जरिबाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधवार ट्राफिक जरिबाना अनलाइन भुक्तानीको उद्घाटन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था सुरु भएको जनाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले आउँदा दिनमा बैंकमा पुगेर जरिबाना तिरि भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । सम्बन्धित सेवा प्रदायकबाट बैंकमा भुक्तानी पठाइ दिएपछि ट्राफिकले सूचना प्राप्त गर्ने र कागजपत्र फिर्ता गरिने उनले बताए।

ट्राफिक जरिबाना ई–सेवाबाट भुक्तानी गर्न सकिनेछ । ई–सेवाबाट ट्राफिक जरिबाना भुक्तानी गर्नुले धेरैभन्दा धेरै सेवाग्राहीलाई लाभ पुग्ने सेवा प्रदायक कम्पनीले जनाएको छ ।

ट्राफिक प्रहरीले आफ्नो साधन, स्रोत र क्षमताअनुसार अन्य सेवालाई पनि क्रमशः प्रविधिमैत्री बनाउँदै लगिने बताएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।