डडेल्धुरा- प्रतिनिधी सभा विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत प्रचण्ड–नेपाल समूह निकटको अनेरास्ववियूले डडेल्धुराको अजयमेरूमा आज गाउँपालिका अध्यक्ष उमेश प्रशाद भट्ट लाई अनेरास्ववियु का जिल्ला कार्य सदस्य चन्द्र ऐर सहितकाे टिमले ज्ञापनपत्र बुझाएको छ।
प्रतिगमनकारी सरकारको मतियार नबन्न र स्रोत साधनको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाइएको अनेरास्ववियू डडेल्धुराका कार्यालय सदस्य ऐरले बताए।



अनेरास्ववियूको केन्द्रिय सर्कुलर बमोजिम डडेल्धुराका स्थानीय तहमा पनि ज्ञापनपत्र बुझाइएको उनले बताए। उक्त ज्ञापन पत्रमा लेखिएको छ, ‘कामचलाउ सरकारले ज्ञानेन्द्रको झल्को दिने दिने गरी पञ्चर्याली आयोजना गर्न थालेको छ। यस्ता र्यालीहरुको व्यवस्थापनमा स्थानीय सरकारहरु लागेका र राज्यशक्ति र स्रोतको व्यापक दुरुपयोग भएको हामीले जनगुनासो सुनेका छौं।’
प्रचण्ड–माधव समूह संसद् विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनमा छ। सोही चरणको कार्यक्रम अन्तर्गत डडेल्धुराका स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाइएको बताइएको छ।

























