२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

मनकारी ९० बर्षे वृद्ध : मेराे घर चाडै भत्काउनुस नमुना सडक हेर्ने धाेकाे छ

हाम्रो समाजमा वृद्व भएपछि दानपुन्य तिर्थ व्रत गर्नुपर्ने चलनलाई पन्छाउदै शुक्लाफाँटाका एकजना मनकारि दानविर वृद्धले भने आफुलेनै निर्माण गरेकाे घरकाे केही भाग नमुना सडक निर्माणमा सघाउन दान स्वरूप सम्झि नगरपालिकालाई हस्तान्तरण गर्न अठाेट गरेका छन्।

शुक्लाफाँटा नगरपालिका १० पिपलाडि राेडमा वस्दै आयका बर्ष ९२का हस्तविर सुनारले भने नगरपालिकाले सडककाे मापदण्ड १२मिटर ताेकेअनुशार सडकमा पर्ने आफनाे घरकाे भु- भाग खालि गरिसकेकाे वताए।क्षेत्रिय शहरि विकास आयोजना मार्फत निर्माण हुन लागेकाे सडकलाई सहजहाेस भनी आफूले आज भन्दा एक बर्ष पहिलेनै सडक निर्माणमा पर्ने घरकाे हिस्सा खालि गरेकाे सुनारले जनाए।

वृद्ध अवस्थामा दानपुन्य गरे पछि पाईन्छ भन्ने परम्परालाई आत्मसात गरि सडक मापदण्डमा पर्ने आफनाे घरकाे भाग हाँसीहाँसी सम्वन्धित निकायलाई दान स्वरूप दिन आतुर रहेकाे वृद्ध हस्तविर सुनारले दावि गरे।उनलेभने जिवनकाे उत्तराद्वमा मैले समाजकाे लागि के गर्नु सक्छु भनेर साेचिरहेकाे थिए सुनारले भने मेराे घर अगाडिनै क्षेत्रिय शहरि विकास आयोजनाले नगरकै गाैरवकाे सडक निर्माण गर्ने सुने।

सडक निर्माण गर्दा आफनाे घर समेत भत्किने सुन्दा पहिलाे पटक झसङ्ग भएकाे वताउदै वृद्धले भने बर्तमान संगै भविष्यसम्म कराैडाै मानिसले सडक निर्माण हुदा लाभान्वित हुनसक्ने ठानि याे पुन्यकाे काममा साथदिन अठाेट लिएको समाजसेवि वृद्वले वताए।

मेराे सानाे सहयाेगले सुनाैलाे भविष्यकाे आशाका किरण जगाउन सक्ने ठानि उनलेभने मेराे घर चाडै भत्काउनुस आफनै आँखाले नमुना सडक हेर्ने धाेकाे छ।

शुक्लाफाँटा नगरपालिकाे झलारिमा एशियाली विकास बैंकको सहुलियत ऋण सहयाेगमा क्षेत्रिय शहरि विकास आयोजना अन्तरगत १ मिटर,२ मिटर र ३ मिटर सडक निर्माणको चरणमा रहेकाे छ भने फाेहाेरमैला व्यवस्थापन निर्माण हुने चरणमा छ।निर्माण हुने सडककाे मापदण्ड १२ मिटर ताेकिएपछि झलारि वजारक्षेत्रका केही घरहरू सडक एरियामा पर्ने भएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।