२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ। गत २४ घण्टामा १ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ४ सय ८९ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को तेह्रथुममा १ र सुनसरीमा ४ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को बारा र महोत्तरीमा १/१ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ७० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५, चितवनमा १६, धादिङमा १, नुवाकोटमा ५, भक्तपुरमा ५, मकवानपुरमा १ र ललितपुरमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा २, तनहुँमा २, म्याग्दीमा १, लमजुङमा २ र बागलुङमा २ जनामा कोरोना पुष्टि भएको छ। 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, गुल्मीमा २, पाल्पामा २, बाँकेमा २ र रोल्पामा १ जनामा कोरोना पाइएको छ । गत २४ घण्टामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको कुनै पनि जिल्लामा कोरोना नभेटिएको मन्त्रालयले जनाएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।