२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

संविधान लाेकतन्त्र माथि हमला भयाे , जनता जाग्नुपर्ने वेला आयो: पुर्व संविधानसभा सदस्य- वाेहरा

जय ऐर/झलारी –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशैभर एकसाथ ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा दोस्रो चरणकाे आन्दोलन विराेध सभा सम्पन्न गरेकाे छ।बर्तमान ओलि सरकारले गरेकाे प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमकाे विराेधमा कांग्रेसले विराेध सभाकाे आयाेजना गरेकाे हाे।

कंचनपुर निर्वाचन क्षेत्रनं२काे प्रदेश सभा निर्वाचन क्षेत्रनं (ख)मा पुस २५गते विराेध-यालि सहित दैजिमा विराेध सभा सम्पन्न गरेकाे छ।दैजिमा आयोजित विराेध सभामा सम्वाेधन गर्दै नेपाली कांग्रेसका नेता पुर्व संविधानसभा सदस्य वल्देव वाेहराले बर्तमान सरकारले संविधान लाेकतन्त्र माथिनै हमला गरेकाले जनता जाग्नु पर्ने वेला आएकाे वताए।

उनले कम्युनिस्टहरू लाेकतान्त्रिक व्यवस्था माथि विश्वास गर्दैनन् उनिहरू एकतन्त्रीय तानाशाही व्यवस्था मन पराउने भएका कारण संविधान लाेकतन्त्र माथिनै कु गरेकाे जनाए।विराेधसभाका प्रमुख अतिथि समेत रहेका नेता वाेहराले संविधान लाेकतन्त्रकाे रक्षा गर्ने जिम्मेवारी र चुनाैति कांग्रेसको काँधमा आईसकेकाले जनताकाे वलिदानि वाट प्राप्त उपलव्धिकाे रक्षाकाे लागि जनताकाे साथ लियर अगाडि वढ्नुकाे विकल्प नरहेकाे वताए।

पुर्व संविधानसभा सदस्य वाेहराले संविधानमानै नभएकाे धारा टेकेर संविधान लाेकतन्त्र सार्वभाैम संसदनै धरापमा पार्न सक्नेले नयाँ चुनाव गरायर सहजै सत्ता हस्तान्तरण गर्लान् भन्ने कुराकाे कुनै ग्यारेन्टी नभएकाेनेता वाेहराले जिकिर गरे।उनलेभने नेपालका अधिकांस राजनितीक दल,नागरिक समाज,वुद्विजिवि,पुर्व प्रधान न्यायाधीश स्वतन्त्र नागरिकले ओलि सरकारकाे असंवैधानिक कदमकाे विराेध गर्दा पनि उनी प्रवाह गर्दैनन् उल्टै न्यायलयमाथि धावा वाेल्नु मुलुककालागि दुर्भाग्यपूर्ण रहेकाे नेता वाेहराले वताए।

विराेध सभामा नेपाली कांग्रेस कंचनपुरका जिला सभापति हरि प्रसाद वाेहराले कंचनपुर जिल्लाका ६वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकसाथ उत्साहको साथ विराेध सभा सम्पन्न भएकाे जानकारि दिए।बर्तमान सरकारले चालेकाे असंवैधानिक कदमका विरूद्व कांग्रेसले दोस्रो चरणकाे आन्दाेलन पश्चात् तेस्रो चरणकाे आन्दाेलन नगर स्तरिय हुनेछ। भने चाैथाै चरणकाे आन्दाेलन वडा केन्द्रित हुने नेता वाेहराले वताए।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका नेता वाेहराले मुलुकमा अराजकता अस्तिरता मच्चाएर जनताका हक अधिकार कुन्ठित गरि मुलुकलाई अधिनायकवाद तर्फ लैजाने शक्तिका विरूद्व लड्न आम नागरिक एकजुट हुनुपर्ने वेला आएकाे वताउदै जब जब मुलुकमा संकट आउछ।जनताले कांग्रेस लाई सम्झिने पुरानै परम्परा रहेकाे नेता वाेहराले वताए।

विराेध सभामा पुर्व जिल्ला सचिव भाेजराज वाेहरा, क्षेत्रनं२ का सभापति दल वहादुर वाेहरा,वेतकाेट,शुक्लाफाँटाका नगर सभापति लगायतले मन्तव्य राखेका थिए।क्षेत्रनं२ प्रदेश सभा निर्वाचन क्षेत्र (ख)का सभापति करन सिंह ऐर काे सभापतित्वमा संचालित कार्यक्रमको संचालन क्षेत्रिय काेषाध्यक्ष देवकि जाेशिले गरेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।