२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

प्रधानमन्त्री ओलीले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई आठ महिनादेखि भेट्न मानेनन्

धनगढी । धनगढीको आमसभामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्टमा स्वागत गर्न नगएको भन्दै आलोचना भईरहेका वेला मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले भेट्न नमानेको आरोप लागेको छ ।

मुख्यमन्त्रीमा संस्कार नभएको भन्दै प्रदेश सरकार परिवर्तनको चेतावनी आमसभामै सहभागी भएका मन्त्रीहरुले दिएपछि प्रदेशको कामका लागि मुख्यमन्त्रीले भेट्न खोज्दा आठ महिनादेखि समय नभएको आरोप लागेको हो । मुख्यमन्त्री कार्यालयको सचिवालयले सामाजिक सञ्जालमा चर्को आलोचना पनि भईरहेका वेला प्रधानमन्त्री बारेको जानकारी फेशबुक मार्फत दिएको छ । 

देशका मुख्यमन्त्री भट्टका स्वकिय सचिव शिवसिंह ओलीले फेशबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले आठ महिनादेखि प्रदेशको कामका लागि भेट्न खोज्दा समय नदिएको लेखेका छन् । उनले स्टाटसमा लेखेका छन्–‘पहिले राजाको सवारी हुँदाको अन्चालाधीशले गर्ने नमन अहिलेको गणतान्त्रिक व्यवस्थामा कल्पना समेत गरिदैन किनकि यहाँ अहिले सामन्तवाद छैन ।

८÷८ महिना सम्म मुख्यमन्त्रीलाई सुदुरपश्चिम प्रदेशको महत्वपूर्ण कामका लागि समय समेत नदिने अनि प्रदेशमा पार्टीको भेलामा आउँदा समन्वय र औपचारिक खबर पनि गर्नु नपर्ने तर सिष्टाचार भेट गर्नुपर्ने, नगरे संस्कारहिन हुनुपर्ने, तेसो नगर्दा  प्रदेश सभा र सरकार बिघटन गर्नुपर्ने  कस्तो तर्क  … अनि कस्तो सनक… ।’ मुख्यमन्त्रीको सचिवालयले प्रधानमन्त्री पार्टीको भोलमा आउँदा कुनै समन्वय र औपचारिक खबर नभएको जनाएको छ ।

स्वकीय सचिवले स्टाटसमा लेखेका छन्–‘मुख्यमन्त्री व्यक्ती होईन, प्रदेशको सम्मानित संस्थाको साथै आस्थाको धरोहर  पनि हो ।त्यसैले मुख्यमन्त्रीले समग्र प्रदेशवासीको भावनाको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । संघीयता कसैको उपहारबाट प्राप्त वस्तु होईन अपितु यो हजारौ सहिदको बलिदानीबाट प्राप्त उपलब्धि हो ।’ 

1

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।