२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

करेन्ट लागेर एउटा हात्तीको ज्यान गयो

सप्तरीको खडक नगरपालिका–४ अमहामा आज बिहान करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ । दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा विद्युत् प्रवाह भई भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिए ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए । हात्तीको मृत्युको घटनाबारे बुझ्न आज बिहान कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक टोली त्यहाँ आउन लागेको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर साफीले बताए ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक आउने हात्तीका कारण सो क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । सो क्षेत्र मात्र नभई जिल्लाको पश्चिमी, उत्तरी र पूर्व भेगमा समेत कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीका कारण दैनिक आतङ्क हुने गर्दछ ।
रासस

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।