२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

कञ्चनपुरमा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहतको बोडर आउट पोष्ट गड्डाचौकी र कुतियाकभरबाट खटिएको टोलीले १ लाख ६७ हजार ५ सय बराबरको अवैध सामान बरामद गरेको जनाएको छ।

दोधाराचाँदनी नगरपालिका–१० कुतियाकभर सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको चुरोट, दुध पाउडर र माछा बरामद गरिएको छ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी र माछा पशुक्वारेन्टाईन कार्यालयमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।