धनगढी, २५ पुस । कैलालीमा ट्रयाक्टरबाट खसेर एकजना गम्भीर घाइते भएका छन्।



पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिका–२ गणेशपुरस्थित चोकमा बलियाबाट कौवातर्फ गइरहेको भे १त ६२१५ नम्बरको ट्रयाक्टरबाट खसेर लम्कीचुहानगरपालिकाका १३ वर्षीय विष्णु चौधरी घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।
चौधरीलाई लम्कीचुहा लालरत्न अस्पतालमा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको छ । ट्रयाक्टर र बलियाका चालक २५ वर्षीय अर्जुन चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ।
Views: 168


















