२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

ओली सरकार इतिहासकै भ्रष्ट : गगन थापा

धनगढी । नेपाली कांग्रेसका नेता गगन थापाले भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको आरोप लगाएका छन् ।

कैलालीमा सोमबार आयोजित कार्यक्रममा थापाले ओली सरकार इतिहासकै भ्रष्ट भएको बताए । ‘बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छे हिजो जेल गयो । सिफारिस गर्ने मान्छे जेल जाँदा तर खाने मान्छे चाहिँ अर्थमन्त्रीको कुर्सीमा बिराजमान हुनुहुन्छ’ उनले भने ।

उनले अघि भने, ‘निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा अडप्ने अर्थमन्त्री अनि स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने प्रधानमन्त्रीको सबैभन्दा विषेश मन्त्री भएको सरकार छ ।’

यो सबै प्रधानमन्त्रीको इच्छा बमोजिम चलेको छ भन्दा गलत नहुने उनको दाबी छ । ‘नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना भएको छैन’ कांग्रेस नेता थापाले भने, भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन । बालुवाटार गए पुग्छ, सिंहदरबार गए पुग्छ ।’

नेकपा लोभीपापीहरुको मञ्च मात्र भएको उनको दाबी छ । कुनै समय हात मिलाउनसमेत नचाहने ओली र प्रचण्डबीच लोभ र डरमा रातारात एकता भएको उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।