२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

सीमा क्षेत्रमा थप कडाइ गर

धनगढी उपमहानगरपालिकाको जुगेडामा नाका भएर भारतबाट अवैध रुपमा आयात गरिएका कुखुरा स्थानीय र केही व्यवसायीले नियन्त्रणमा लिएर अस्थायी प्रहरी पोष्टलाई बुझाए ।

तस्करीमा संलग्न व्यक्तिसमेत बुझाए पनि प्रहरीले छोडेको भन्दै स्थानीयले प्रहरी चौकी घेराउ गरे । अवैध रुपमा भित्र्याइएका कुखुरा र मोटरसाइकलसहित समातेर बुझाएका व्यक्तिबाट पैसा खाएर छोडेको आरोप प्रहरीमाथि लागेको छ ।

यही नाकाबाट भइरहेको तस्करी रोक्न खोज्दा दुई प्रहरीको हत्या भएको घटना सेलाउन पाएको छैन तर यही नाकाबाट पुनः तस्करी सुरु भएको छ ।

दुई दिनअघिमात्र सशस्त्र प्रहरीले कञ्चनपुरबाट झण्डै दुई लाख बराबरको सामान बरामद गर्यो । बेलौरी क्षेत्र भएर भारतबाट भित्र्याइएका हार्डवेयरलगायतका सामान प्रहरीले बरामद गरेको छ ।

भारतबाट तस्करी भएका यी पछिल्ला दुई उदाहरण हुन् । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै भारतसँगका नाकाहरु बन्द गरिएका छन् । भारत आवतजावतमा समेत रोक लगाइएको छ तर तस्करी भने रोकिएको छैन ।

भारतसँग जोडिएका नाका बन्द रहेकाले नेपाली उपभोक्तालाई किनमेलका लागि सिमावर्ती भारतीय बजार जान प्रतिबन्ध छ । धनगढीबाट नजिक पर्ने भारतीय बजार गौरीफण्टा, वनगावा र पलियामा दैनिक सयौँ नेपाली किनमेलका लागि जाने गरेका थिए ।

नाका बन्द भएपछि चैतयता नेपाली उपभोक्ता भारतीय बजारमा जान पाएका छैनन् । मुख्य नाकाबाट पनि भारत जान कडाइ गरिएको कामको खोजीमा, स्वास्थ्य उपचारबाहेक अन्य कामका लागि जान कडाइ गरिएको छ । नाका बन्द रहेका बेला पनि अवैध रुपमा सामान भित्रिने क्रम भने रोकिएको छैन । 

अवैध रुपमा आयात भएका सामान पटकपटक समातिनुले पनि अवैध आयात रोकिएको छैन भन्ने देखिन्छ । यद्यपि सामान बरामद हुनुले प्रहरी सक्रियता बढेको पनि मान्न सकिन्छ । नाका बन्द भएसँगै सिमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ ।

तर भारतबाट हुने तस्करी भने रोकिएको छैन । खुला सिमानाको फाइदा उठाउँदै भारतबाट सामान तस्करी हुने गरेको छ । लकडाउनको अवधिमा मात्रै लाखौँ मूल्य बराबरको तस्करीको सामान प्रहरीले बरामद गरेको छ । यसले सिमापार तस्करी नरोकिएको पुष्टि हुन्छ ।

खुला सिमानाको फाइदा उठाउँदै भारतबाट लकडाउनकै बीच सामान तस्करी हुने गरेको छ । मुख्य नाकाबाहेक अन्य ठाउँबाट आवतजावतनै बन्द गरिएको छ । मुख्य नाकामा पनि भारत जान कडाइ छ । यहीबेला पनि तस्करी रोकिएको छैन ।

त्यसैले सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउने मात्र नभइ चोरी तस्करीलाई पनि नियन्त्रण गरिनु पर्छ । सीमा क्षेत्रमा प्रहरी उपस्थिति बढेकाले तस्करी नियन्त्रणका लागि थप कडाइ गरिनु पर्छ । 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।