२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

चौरपाटी गाउँपालिका टोल–टोलमा बिद्युत पु¥याउदैं, खान्डाँडाँ टोलमा पनि बल्यो बत्ती !

अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले टोल–टोल विद्युत विस्तारको कामलाई तिब्रता दिएको छ । गाउँपालिका भित्रका सात वटै वडामा गाउँपालिकाले विद्युत विस्तारको कार्यमा अग्रसरता देखाएको हो ।

यस्तै विद्युत विस्तारकै क्रम गाउँपालिकाले बुधबार वडा नम्बर १ सिउडीको खान्डाँडाँ टोलमा बिजुली पु¥याएको छ । गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले गाउँपालिका भित्रका सबै वडामा विद्युत विस्तार गर्ने काम तिब्र रुपमा भईरहेको जानकारी दिएका छन ।

उनले नागरिकहरुलाई अध्यारोबाट मुक्त गराउन आफु दिनरात खटेर काम गरिरहेको बताए । आफुले चुनाबको बेला गरेका बाचा अनुसार नै वडा देखि टोल–टोलमा बत्ती पु¥याउन लागि परेको उनले बताए ।

अध्यक्ष साउँदले बुधबार खान्डाँडाँ टोलमा बत्ती बालेर उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले अब खान्डाँडाँ टोलबासीले अन्धकारमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको बताए ।

करिब सयौं घरधुरीलाई मध्येनजर गरी खान्डाँडाँ टोलमा टान्सर्फमर राखिएको छ । बत्ती उद्घाटनसँगै टोलबासीलाई मिटर समेत वितरण गरिएको छ । यता टोलबासी बषौँपछि गाउँमा बत्ती पुगेको भन्दै हर्षित भएका छन ।

उनीहरुले आफ्नो टोलमा बत्ती बालेको भन्दै गाउँपालिकाका अध्यक्ष साउँद र नेपाल बिद्युत प्राधिकरण लगायत विभिन्न सरोकारवाला व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेका छन ।

विद्युत उद्घाटन कार्यक्रममा अध्यक्ष हर्क बहादुर साउँद, उपाध्यक्ष माया कुवँर, नेकपा चौरपाटी गाउँपालिकाका इन्चार्ज राम बहादुर थापा, नेपाली काग्रेसका प्रतिनिधी, नेपाल विद्युत प्राधिकरणका प्रतिनिधी लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।