२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

डडेल्धुराकाे बजारमा भिडभाड बढ्याे , पसलकाे व्यापार न्यून ।

डडेल्धुराकाे बजारमा भिडभाड बढ्याे , पसलकाे व्यापार न्यून ।
व्यापारिहरु भन्छन् ” बैककाे ब्याज , साहुकाे भाडा तिर्न धाउधाउ हुने भयाे । ”

डडेल्धुरा – नेपालीहरुकाे महान पर्व वडादशै तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिँदै गर्दा डडेल्धुरा जिल्लाका व्यापारिक बजारमा चहलपहल बढेकाे छ तर व्यापार भने खासै नरहेकाे डडेल्धुराका व्यापारिहरु बताउछन् ।

विगतका वर्षहरुमा दशै नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण ब्यापार कमी आएको हो ।

सुदुरपश्चिम प्रदेशकै सात पहाडी जिल्लकै मुख्य केन्द्रको रुपमा रहेको डडेल्धुरा जिल्लाकै सदरमुकाम बजार बागबजार यति बेला ब्यापारमा कमि आएको देखिएको छ ।

हिन्दु हरुको मुख्य चाड दशै तिहार नजिकिदै गर्दा बजारमा चहलपहल छ तर ब्यापार भने छैन । केही पसलहरुमा सामान खरिद गर्न जानेहरु निकै न्यून देखिएका छन ।
खासगरी लत्ताकपडा, रेडिमेड कपडा पसल, घरायसी सामग्री, मोबाइल फोन लायतका बाजरमा सुनसान देखिएको छ ।
विगतमा चाडपर्वको समयमा निकै भिड हुने बजार यसपटक ब्यापार ब्यबसाय सुन्य हुँदा व्यापारिहरु पनि निरास बनेका छन ।

डडेल्धुरा जिल्लामा यतिबेला दशै नजिकिदै गर्दा चहलपहल बढिसकेको हुन्थ्यो तर यश पालि भने पनि भिडभाड त बढ्याे तर सामान किन्नेकाे संख्या पहिलेकाे बर्ष जस्तो रहेकाे छैन् ।
कोभिड १९ कोरोना भाईरस संक्रमणको जोखिमका कारण गाउ बाट मानिसहरु किनमेलका लागी बजार नआउनु र कोभिड १९ कोरोना भाईरस रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण बिकास निर्माणका काममा कमि आउनुका साथै कामका सिलसिलामा देश बिदेश गएका हरु कोरोना भाईरसको त्रासले घर फर्कर बेरोजगार बस्नु मुख्यकारण हुन सक्ने व्यापारी माधव पन्तकाे भनाई छ ।
सरकारले लकडाउन र निषेधाज्ञा खुकुलो बनाएर आर्थिक गतिविधि बढाउन प्रयास नगरेको भने होइन ।

तर, तीव्र रूपमा फैलिएको कोरोनाले परिस्थिति गम्भीर बनाएको छ । कोरोना प्रभावबाट बाहिर आउन अझै दुई तीन वर्ष लाग्न सक्ने व्यापारी व्यवसायी बताउँछन् ।

कोरोनाका कारण विगतमा ठूलो लगानी गरेका व्यापारी चिन्तित बनेका छन् । सोचेजस्तो व्यापार नभएकाले बैंक र फाइनान्सको किस्ता कसरी तिर्ने भन्ने समस्या उनीहरूमा देखिएको छ ।
कोभिड–१९ का कारण अहिले यी क्षेत्रमा चहलपहल देखिए पनि व्यापार व्यवसाय भने विगत वर्षभन्दा निकै घटेको छ । यस वर्ष ९० प्रतिशत व्यापार सुकेको व्यापारि बताउछन ‘गत वर्ष यो समयमा हामी मात्र नभएर भरियासमेत अति व्यस्त थिए, अहिले सबै चुप लागेर बस्नुपरेको छ, दिनमा दुई हजार पनि व्यापार हुँदैन ।’कोभिडका कारण उपभोक्ता नभएपछि व्यापारीक क्षेत्र सुनसान मात्रै भएको छैन यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।