कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर-५ गुलरियामा रहेको निमेष अस्पताल प्रा.लिका सबै कर्मचारी हरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।



कोरोनाको कहरका बिच पनि निमेष अस्पताल प्रा.लिल निरन्तर सेवा दिदै आएको छ । विशेषज्ञ सेवासहितको अस्पताल सञ्चालनमा आएको छ ।

अस्पताल प्रा.लि.बाट प्रदान गरिने सबै स्वास्थ्य सेवाहरु सुचारु रहेको अस्पताल प्रवन्ध निर्देशक गिता चौधरीले बताएका छन् ।

महेन्द्रनगर, अत्तरिया तथा धनगढी धाउनुपर्ने अवस्थालाई मध्यनजर गरी विशेषज्ञ सहितको सेवा दिने उद्देश्यले गुलरिया क्षेत्रकै सुविधासम्पन्न अस्पताल सञ्चालनमा ल्याई सेवा दिरहेको जनाएका हुन् ।


Views: 154

























