२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

मन पराएको मानिसको भाव यसरी थाहा पाउनुस्…

फेसबूक मेसेन्जर र ह्वाट्सयाप जस्ता प्ल्याटफर्म आएपछि मानिसहरू आफ्नो मनको कुरा सहजै बताउन थालेका छन् । तर च्याटका क्रममा कतिपय अवस्थामा टेक्स्टमा लुकेको भावलाई बुझ्न अलि मुश्किल पर्छ ।

तर यहाँ हामी च्याटको टेक्स्टहरूमा लुकेको भाव कसरी थाहा पाउने भनी सिकाउँछौं ।

तपाईंलाई कुनै युवतीले मन पराइन् भने च्याटमा ऊ सधैं तपाईंको निकनेम लेखेर कुरा गर्छिन् । तपाईंलाई मुटुको भित्री तहबाट उनले मन पराउँछिन् भन्ने संकेत यसबाट पाउनुहुनेछ ।

औपचारिक कुराकानी वा नातेदारसँगको गफगाफमा मानिसहरू इमोजी त्यति प्रयोग गर्दैनन् । तर आफ्नो क्रशसँग कुरा गर्दा मानिसहरू हार्ट इमोजीको उपयोग खुबै गर्छन् ।

मन पराएको मानिसले तपाईंको हालखबर सोधेर दिनभरिको योजनाका बारेमा पनि प्रश्न गर्छन् । तपाईंलाई भेट्न वा डेटिङ गर्नका लागि अनेक किसिमका बहाना उनीहरूले बनाउँछन् । त्यस्ता संकेतहरूलाई तपाईं आफैंले चिन्नुपर्ने हुन्छ ।

तपाईंले फेसबूकमा के पोस्ट गर्नुभयो रु प्रोफाइल पिक्चर कहिले चेन्ज गर्नुभयो रु यस्ता कुरा जान्न मन पराएको मानिसलाई खुबै चासो हुन्छ । अनि नयाँ प्रोफाइल पिक्चर र पोस्टमा उनीहरूले अवश्यै कमेन्ट गर्छन् ।

तपाईंलाई मन पराउने मानिसले पुरानो कथा वा बाल्यकालको तस्वीर पनि शेयर गर्छ । जीवनसाथी बनाउने सोच भएकाहरूसँग मात्र यस्ता कुराहरू शेयर गरिन्छ ।

एजेन्सी

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।