२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

कैलाली प्रशासनद्वारा चाडपर्व लक्षित निषेधाज्ञा जारी

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले पुनः निषेधाज्ञा जारी गरेको छ।

कोरोना संक्रमण दर दिनप्रति दिन बढ्दै गएको भन्दै अर्को आदेश नभएसम्म कार्तिक १ गतेदेखि पुनः निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराद्वारा शनिबार जारी गरेको निषेधाज्ञा अनुसार जो कोहीले उलंघन गरे प्रचलित कानून अनुसार कडा कारवाही गर्ने जनाइएको छ। 

जारी गरिएको ७ बुँदे आदेश अनुसार तोकिएका मापदण्ड पूरा गरी जिल्लाभित्र लामो, मध्यम र छोटो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ। तर सबै सार्वजनिक यातायातले २०७६ चैत ११ गतेभन्दा पहिले कायम गरिएको नियमित भाडा दर भन्दा कुनै किसिमको थप भाडा लिन नपाइने जनाइएको छ। जिल्लाभित्र मेला, महोत्सव, खेलकुद प्रतियोगिता तथा जमभट समेत गर्न नपाइने जनाइएको छ।

कुनै पनि मठ मन्दिर, गुम्बा, चर्च, मस्जित, गुरुद्वारालगायतका धार्मिक र साँस्कृतिक महत्वको स्थानमा हुने पूजापाठ बाहेकका मानिस जम्मा हुने गरी पूजा अर्चना, उत्सव, भजन कृर्तन, बलीलगायतका कुनै पनि कार्य गर्न नपाइने जनाइको छ।

त्यस्तै, राजनीतिक दल, संघ संस्था, क्लब, सञ्जाल, समूहहरुले भेला जम्मा भइ शुभकामना अदानप्रदान गर्ने लगायतका कुनै पनि कार्यक्रम गर्न नपाउने सो निषेधाज्ञामा उल्लेख छ।

सरकारी निकायले विगतको भन्दा थप व्यवस्थित हुने गरी सेवा प्रवाह गर्नै आदेश जारी गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।