२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

बैतडीमा यस वर्ष दशै मेला नहुने, बली चढाँउन पनि नपाइने

बैतडीमा यस वर्ष दशैमा लाग्ने मेला भर्न नपाइने भएको छ । कोरोना जोखिम नियन्त्रण जिल्ला स्तरिय समन्वय समितिको बैठकले जिल्लाका सक्तीपिठहरुमा दशैमा लाग्ने मेला पर्वहरु नगर्ने नगराउने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गइरहेकाले मेला पर्वमा हुने पुजाआजा तथा बली चढाउने लगायतका क्रियाकलाप पुर्ण रुपमा नियन्त्रण हुने प्रमुख जिल्ला अधिकारी एवम कोरोना जोखिम नियन्त्रण जिल्लास्तरिय समन्वय समितिका संयोजक मोहनराज जोसीले जानकारी दिनुभयो । जिल्लाका बिभिन्न सक्तीपिठहरुमा पुजाआजाका कार्यक्रम सँगै बली चडाँउने गरिदै आएकोमा यस वर्ष पुर्ण रुपमा नियन्त्रण गरिने उहाको दाबी छ ।

उहाले भन्नुभयो, “कोभिडको संक्रमण अहिले पनि छ, थप जोखिम बढ्न नदिनको लागि, धार्मीक स्थलमा हुने ठुला भिडभाड, मेला पर्व, बली दिने लगायतका काम नगर्न नगराउन निर्देसन दिएको छु ।” चाँडपर्वका बेला लाग्ने मेला जात्रा र पुजाआजा सँगै दिइने बली पुर्ण रुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण प्रशाद अधिकारीले जानकामरी दिनुभयो । आज भएको निर्णय कार्यान्वयनका लागि आवस्यक सुरक्षा योजना पनि जारी गरिएको उहाको भनाइ छ ।

दशैका बेला बैतडीमा निङ्लाशैनी भगवती मन्दीरमा सप्तमी र अस्टमीको दिन मेला लाग्ने गरेको छ । त्यसैगरी अस्टमी र नवमीको दिन उदयदेव मन्दीर पाटनमा पनि मेला लाग्ने गरेको छ । यस वर्ष भने यि मेलाहरु पनिा प्रभावित भएका छन ।

रडियो सेभेन स्टारमा कृष्ण बिष्टले लेख्नु भएको छ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।