धनगढी, २६ असोज । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।



बितेको २४ घण्टामा २सय ९७ जनाको कोरोना परीक्षण गरिएकोमा १३ महिला ३७ पुरुष गरी ५० जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित हुनेहरुमा कैलालीका ३९ र कञ्चनपुरका ११ र दार्चुलाका २ जना रहेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
कैलालीको धनगढीका उप माहानगरपालीकाका २९ जना, गोदावरीका १ जना, लम्की चुहाका १ जना , र गौरीगंगाका ४ जना रहेका छन ।
यस्तै कन्चनपुरको महाकाली का ४ जना , पुनरबास का २ जना रहेका छन । त्यस्तै सोही जिल्लाको बेतकोट,बेल्डाडी,बेलौरी र भिमदत्तका १र१ जना रहेका छ ।
त्यस्तै दार्चुलाका २ जना मा पनी कोरोना देखिएको अस्पतालले जनाएको छ ।
Views: 154

























