२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

ट्रम्प मिडियाको उपयोग आफ्नो फाइदाका लागि मात्र गर्दै

वासिङटन- कोरोना पोजिटिभ भएपछि पुनः कथित रूपमा निको भएका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक क्यामेरामा अन्तर्वार्ता दिए । उनले आफूले रुचाएकी फक्स न्युजकी डाक्टर मार्क सिगललाई अन्तर्वार्ता दिएका हुन् ।

सिगलले डेमोक्रेट गभर्नरहरूले विद्यालय बन्द गर्दा उनले आलोचना गरेकी थिइन् । ट्रम्पले सिगलले जिम्मा दिएको कामबाट निराश नबनाएको बताए ।

खासमा राष्ट्रपतिले कन्जर्भेटिभ मिडियाको राम्ररी उपयोग गर्दै छन् । उनीहरूले राष्ट्रपतिलाई अप्ठ्यारा प्रश्न सोध्दैनन् । त्यसैले उनले रुचाएका पत्रकार खोज्ने गर्छन् ।

कठिन प्रश्न सोध्ने पत्रकारबाट उनी टाढिन्छन् । अप्ठ्यारा प्रश्नले तनाव बढाउन सक्छ । उनी प्रतिरक्षात्मक हुनुभन्दा आक्रामण दृष्टिकोण राख्न चाहन्छन् ।

उनले पहिले प्रेसिडेन्सियल बहसमा पनि त्यसै गरे । उनले यस्तै प्रयासमार्फत मतदातालाई बहकाउमा आउने सन्देश दिने कोसिस गर्छन् । राष्ट्रपति ट्रम्पले निर्वाचन नजिकिएकाले यो रणनीति बनाएका हुन सक्छन् ।

कमिसन फर प्रेसिडेन्सियल डिबेटले दोस्रो बहस भर्चुअल गर्न दिएको सुझाव ट्रम्पले स्वीकार गरेनन् । रिपब्लिकन पार्टीका सल्लाहकार एलेक्स कोनेन्ट भन्छन्, ‘ट्रम्प दस बहसमा पनि सहभागी हुन तयार छन् । उनी मानिसहरूसँग भावनात्मक रूपमा जोडिन चाहन्छन् ।

बहसलाई कसैले निर्वाचन रणनीतिसँग जोड्न चाहन्छन् । ट्रम्पका लागि निर्वाचन भावनात्मक मुद्दा हो । हामीसँग सन् २०१६ को उदाहरण छ । कतिपयले महिला हुनाले हिलेरी क्लिन्टनले बाजी मार्ने अनुमान गरेका थिए । हलीउडबाट पनि उनलाई समर्थन थियो ।’

काठमाडाैँ-ट्रम्प मिडियाको उपयोग गर्न सिपालु छन् । उनले आफ्नो समर्थन गर्ने मिडियाको उपयोग गर्छन् । यसैमार्फत उनी मतदाताको मनसम्म पुग्न चाहन्छन् । शनिबार मिस्टर लिम्बाङलाई ट्रम्पले रेडियो अन्तर्वार्ता दिनुको रहस्य आफैँ खुलेको छ ।

ट्रम्प र लिम्बाङ दुवैले ह्वाइटहाउसमा बस्न ट्रम्प नै सबैभन्दा उपयुक्त व्यक्ति भएको प्रमाणित गर्दै थिए । ट्रम्पले बाइडेन, हिलारी क्लिन्टन र एफबिआईका पूर्वडाइरेटक्स जेम्स कोमेका आरोप अस्वीकार गरे ।

ट्रम्पलाइ यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि चयन नगरिएकामा पनि असन्तुष्टि छ । यसका पछाडि उनले मूलधारका मिडियाले अप्ठ्यारा प्रश्न सोधेर अवरोध गरेको बुझेका छन् ।

ट्रम्पले भने, ‘मैले जति राम्रा काम गरे पनि मूलधारका मिडियाले कभरेज गर्दैनन् ।’ त्यसैले ट्रम्पले उनलाइ प्रशस्त कभरेज गर्ने मिडियाकै उपयोग गर्न रुचाउँछन् ।

ट्रम्पलाइ टेस्ट रिपोर्ट निगेटिभ आएको बारे सोधियो । राष्ट्रपति ट्रम्पले भने, ‘मलाई मेरो स्वास्थ्य कस्तो छ ? कहिले निको हुन्छ भन्ने थाहा छ ।’ यो प्रश्न ह्यानिटीको कार्यक्रममा सोधिएको थियो ।

करिब लाख मानिसले हेरेको कार्यक्रममा उनले विरोधीहरूलाई गलत बताउँदै थिए । ट्रम्पले आफूले कहिल्यै अमेरिकी सैनिकलाई पराजित योद्धा नभनेको बताए । आफ्नो कार्यकालमा ट्रम्पले फक्स न्युजलाई करिब सय वटा अन्तर्वार्ता दिए भने अरू नेटवर्क्सहरूलाई अत्यन्त कम । (भास्कर)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।