२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

गत २४ घण्टामा कोभिड-१९ सँग सम्बन्धित कारणबाट ९ जनाले ज्यान गुमाए

काठमाडौँ, २६ असोज । गत २४ घण्टामा कोभिड-१९ सँग सम्बन्धित कारणबाट ९ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ६४५ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा सङ्क्रमण भई निधन हुनेमा २ महिला र ७ पुरुष रहेका छन्।

मृत्यु हुनेमा काठमाडौँकी ७१ वर्षीया र चितवनकी ४० वर्षीया महिला रहेका छन्।

त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा सुनसरीका ३७, ८९ र ९० वर्षीय, काठमाडौँका ६३ र ६७ वर्षीय, ललितपुरका ५० वर्षीय तथा रुपन्देहीका ७४ वर्षीय रहेका छन्।

कोभिड-१९ सङ्क्रमित मध्येबाट मृत्यु हुने ०.५८ प्रतिशत रहेको जनाइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।