डडेल्धुरा । अमरगढी नगरपालिका–७ को एक घर बाट सात तोला सुन र तिन लाख नगद चोरी भएको छ । पोखरा बजार माथि डडेल्धुरा–बैतडी महाकाली राजमार्ग छेउमा रहेको कलावती ऐरीको घर बाट शनिबार दिउसो चोरी भएको हो ।



दिउसो घरमा कोही नभएको समयमा चोरी भएको हो । घरको एक कोठामा रहेको स्टिल दराज फोडेर सुन र नगद चोरी भएको उनले बताईन । घर भित्रै रहेका फालमका वस्तुले दराजको दुई वटा लक तोडिएका छन ।
घर नजिकै घाँस काट्न गएका बेला चोरी भएको ऐरीले बताईन । घाँस काटेर घर आईसके पछि कोठा भित्र बिरलो कराउदै थियो । उनले भन्नि, बिरालो कोठा भित्र थुनिए पछि कराउन थालेको रहेछ । कोठा भित्र कसरी बिरालो पस्यो भनि हेर्दा दराजका सबै लुगा कपडा बाहिर छर्फट्ट थिए । दराजका दुई वटै लक तोडेर सुन र नगद चोरी भएको उनले बताईन ।
शनिबार अपरान्ह प्रहरी लाई खबर गरे पछि अनुसन्धान थालिएको पोखरा प्रहरी चौकी ईञ्चार्ज प्रहरी नायव निरिक्षक शेरबहादुर बढाऐरले बताए ।

























