२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

संरक्षणकाे अभावमा डडेल्धुराका धर्मशाला

दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुराकाे दक्षिणी क्षेत्रमा रहेकाे महाभारत क्षेत्रमा स्थानीय ढुङ्गा र काठ मिलाएर बनेका धर्मशाला देख्न सकिन्छ ।
सडककाे व्यवस्था नहुदा डडेल्धुरा काे तेलेकाे लेक हुँदै जाेबुडा, बेतकाेट भएर मानिसहरु नुन , चेल , चिन लगायतका समान बाेकेर ल्याउने गर्थ्ये । पछिल्लाे समयमा सडक विस्तार भए संगै धर्मशालामा झार अाईसकेकाे र कतै पुरिने अवस्थामा पुगिसकका छन् ।
सामान ल्याउदा बाटाेमा राति बस्नु पर्ने भएकाले स्थानियले अाफ्नै लगानिमा धर्मशाला बनाएकाे पाइन्छ । तेलेकाे लेकमा धर्मशाला अहिले पनि देख्न भने सकिन्छ तर त्यि धर्मशाला संरक्षण र मर्मत काे अभावमा जिण बन्दै गएका छन् ।
– काे बस्थ्ये त बिसेष गरेर धर्मशालामा । हुनत पछिल्लो पूस्ताका लागी धर्मशाला के हो रु को बास बस्थे रु उनीहरुका गतिबिधिहरु के हुन्थे भन्ने जिज्ञासा हुनु स्वाभाबिक पनि हो । धर्मशालाको निमार्ण कुनै सार्बजनीक जग्गा वा गुठि क्षेत्रमा भएको देखिन्छ ।
तत्कालीन शासकहरु भन्दापनी धार्मीक ब्यक्तीत्वहरु बाट धर्मशाला बन्ने गरेको पाईन्छ । यसमा बास बसेबाफत कसैबाट कुनै कर वा रकम लिएको भने सुनिएको छैन ।
त्यो समयमा यस क्षेत्रमा आवासका लागी कुनै ब्याबसायिक रुपले होटलहरु नहुनु र बटुवाहरु लाई घरमै खुवाउन र सुताउन आर्थिक परिस्थीतीले न भ्याएकोमा धर्मशाला नै बनाउनु परेको केहि अग्रज जानकारहरु बताउछन ।डडेल्धुरा बाट तराई जाने र तराई बाट पहाड तिर अाउने हरुकाे र दार्चुला ब्यासी समुदायका शौका तथा भोटेहरु र बझागंका भोटे समुदायका मानिसहरु नै धर्मशालाको प्रयोग गर्दै आएका देखिन्थे ।
सुदुर पश्चिमका उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने र भेडाबाख्रापालन गर्ने यस समुदायका मानिसहरु मंसिरको अन्त्यतिर बाट उच्च पहाडी क्षेत्र लाई छोडदै पहाडी क्षेत्रमा भेडाहरु संगै झर्ने गर्थे त्यो समयमा हिमपात हुने, र चिसो बढने भएकाले उनीहरु हजारौ भेडाहरुको लस्करमा आफनो खानेकुराहरु भेडाको पिठ्युमा राख्दै डडेल्धुराको बाटो भई तराई आवत जावत गर्थे । उनिहरुको बसाईसराईले दुई प्रकारको फाईदा हुन्थ्यो । एउटा त हिमपातका कारण सास्तीपाउन बाट बचिन्थ्यो भने अर्को तिनै भेडाहरु चराउन पनि हुने र त्यसबाट राशन हरु खरिद गरि बिक्री गर्नपनि हुने ।
No description available.
त्यो समयमा डडेल्धुरामा निकै भोकमरि हुने ।
यातायात नहुने, रोजगार नहुने भएकाले कतिपय मानिसहरु तराईबाट झर्न लागेका भोटेहरुको प्रतिक्षामा हुन्थे । उनहरुले पनि धर्मशाला नजीक भेटिएका मानिसहरु लाई बिंडी, गुड, तम्बाकु, दिने गर्थे भन्ने कुरा उईलेको मौलीक देउडा गीतहरुले पनि प्रस्ट पार्छ ।
“भोटया दाजु भेडा ल्याउनो भोटयानी धपाउनी । हातले बुन्याको कम्मल कसेरी खपाउनी ।।”
यसरी भोट र पहाडको सम्बन्ध लाई आतिथ्य सत्कारमा जोडने धर्म घरहरु प्रयोग बिहिन हुदै बिलिन भए पश्चिम पनि अझै केहि गर्न सकिन्छ कि सोच्ने बेला आएको छ ।
के भन्छन् त यहाँका स्थानियहरु – डडेल्धुराकाे महाभारत क्षेत्रमा रहेका धर्मशालाहरु हाम्रा अग्रहरुले बनाएका ऐतिहासिक सम्पत्ति हुन यिनकाे संरक्षण गर्नु जरुरि रहेकाे छ पर्यटकहरु लाई पनि यिनकाे संरक्षण गर्नु सकेमा बस्नुका लाथि सहज हुने र निकै रमाउने भएकाले संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनु जरुरि रहेकाे छ ।
यस्तै युवा, बनलबालिका पिडिलाई यी धर्मशालाहरुकाे ईतिहास , महत्व बारे जानकारि दिनुका लागि स्थानिय पाठ्यक्रममा समावेश गर्नु पर्ने जरुरि रहेका डडेल्धुरा भागेश्वर ४ कालिका अाधारभुत विद्यालयका प्राध्यानाध्यापक भुवन राज भट्टकाे भनाइ रहेकाे छ । तस्बिर – भागेश्वर गाउँपालिकाकाे महाभारत क्षेत्रमा रहेकाे धर्मशाला / दिपकराज भट्ट
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।