कंचनपुर – कंचनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका ८मा पर्ने नमुना पर्यटन क्षेत्र वतासेझरना सर्वसाधारण तथा पर्यटक लाई आवतजावतमा सहज पार्न व्यवसायीले माग गरेकाछन् ।



पर्यटकिय क्षेत्रमाजान रोकलागेपछि शुक्लाफाँटाका व्यवसायी तथा आन्तरिक वाह्य पर्यटक मारमा परेकाहुन्।
केही दिन पहिले शुक्लाफाँटा नगरपालिका ८नं वडा कार्यालयले कोरोनाको कहर जंगलि जिवजन्तुको असुरक्षाका कारण देखाउदै वतासेझरना आवत जावतमा रोक लगाएको थियो।
हजारौका संख्यामा पर्यटकले भरिभराउ हुने वतासेझरना धारापानि क्षेत्र आजकल सुनसान जस्तै देखिन थालेको स्थानिय वताउछन्।।मनमोहक रमणीयक्षेत्र वतासेझरना को अवलोकन गर्न झरनामा रमाउन हजारौको संख्यामा दिनहु जसो छिमेकी जिल्लावाट पर्यटक आउने गरेका थिए।
वतासेझरना घुम्न आउने पर्यटकको संख्या वढेसंगै झलारि, कलुवापुर लगायतका ठाँउमा व्यवसायीक कारोवारमा सुधार हुन थालेको झलारि१०का व्यवसायी दयाराम भट्ट ले वताए।
उनलेभने शुक्लाफाँटाको आर्थिक विकास र पहिचान वोकेको नमुना पर्यटकिय गन्तव्यमा धुम्नजान रोकलागे पछि यहाँका व्यवसायीहरू प्रत्यक्ष मारमा परिरहेको भट्टले जनाए।
सुदुरपश्चिमकै नमुना पर्यटकिय गन्तव्यका रूपमा प्रचारप्रसार भईसकेकाले वतासे झरना पर्यटकको प्रमुख रोजाईमा पर्न थालिसकेकाले पर्यटकलाई सहज रूपमा भ्रमणको वातावरण वनाउन सरोकारवालाको ध्यान दिनुपर्ने ऐर छापाखानाका संचालक ललित ऐरले वताए।पर्यटन क्षेत्रको विकासमा सवैले जोड दिनुपर्छ।
आवश्यक सुरक्षाका उपायहरू अपनायर भएपनि शुक्लाफाँटाको आर्थिक समृद्धिको ढोका पर्यटन क्षेत्र वतासे झरनालाई निर्वाद संचालनमा ल्याउनुपर्ने ऐरले वताए।
वतासे घुम्न आउने पर्यटक हरूले धारपानिमा रहेको लिङ्गा,शुक्ला झरना, दन्तेगुफाको समेत अवलोकन गर्ने अवसर प्राप्त गर्ने भएकाले यश क्षेत्रको महत्त्व दिनप्रतिदिन वढिरहेकोछ

























