२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

धरानमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु ।

काठमाडौं – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा-४ की ४९ वर्षीया एक महिला र झापाको मेचीनगर-८ की ७२ वर्षीया वृद्धा छन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ४९ वर्षीया महिलाको सोमबार बिहान ५ बजे र ७२ वर्षीया वृद्धाको आइतबार राति ९:२० बजेको समयमा मृत्यु भएको हो ।

४९ वर्षीया महिला उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्याका कारण प्रतिष्ठानको मेडिसिन वार्डमा भदौ ३० गते भर्ना भएकी थिइन् । मेडिसिन वार्डमा भर्ना भएकै समयमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा असोज १ गते उनको रिपोर्ट पोजेटिभ आएको डा. सापकोटाले बताए । कोरोना देखिएपछि सोही दिन उनलाई प्रतिष्ठानकै कोभिड अस्पतालको आइसोलेसनमा सारिएको थियो । उनले नियमित डायलासिस समेत गराउँदै आइरहेकी थिइन् ।

झापाको मेचीनगरकी ७२ वर्षीया वृद्धा भने श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरमा कमजोरी र निमोनियाको लक्षण देखा परेर असोज ४ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा थप समस्या देखिएपछि झापास्थित कन्काई अस्पतालले उनलाई धरान रेफर गरेको थियो । सोही दिन प्रतिष्ठानको ल्याबमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डा. सापकोटाले बताए ।

प्रतिष्ठानमा मृत्यु भएका दुबै जनाको शव व्यवस्थापनको तयारी भइरहेको डा. सापकोटाले बताए ।
अनलाइन खवर बाट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।