२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

जातीय विभेदमा परेको ठडराई परिवारलाई मेलमिलाप गर्न धम्की

महेन्द्रनगर – जातीय विभेदमा परेको भीमदत्त नगरपालिका–१८ को ठडराई परिवारलाई मेलमिलाप गर्न धम्की आउन थालेको छ । तत्कालिन समाजवादी पार्टीकी केन्द्रीय सदस्यले आफूहरुलाई धम्काएर मेलमिलाप गर्न एक समूह नै घर पठाएकी छिमेकी कमल ठडराईको दावी छ ।

बुधबार आफनै घरमा खाना खान लागेको बेला ५ जना पुरुषको समूह आएर धम्काएको पीडित ठडराईले बताएका छन् ।

‘हिजो दिउँसो १ बजेतिर घरमा खाना खाईरहेको बेला काम छ बाहिर आउनुहोस भनी बोलाएर घर नजिक रहेको खोलामा लगेर नेगीलाई किन फसाउन खोजेको मिल्नुहोस भनेर धम्काए’, उनले भने, ‘५ जना थिए २ जना आएनन् अरु तीनजना भक्त बहादुर बिश्वकर्मा, मिनराज बडू र प्रकाश नेपालीले आफूलाई घरबाट बोलाएर धम्काएका हुन् ।

ठडराई परिवारले विगत ७ वर्षदेखि छिमेकी माया नेगीले आफूहरुमाथि जातीय विभेद गरिरहेका भन्दै प्रहरीमा जाहेरी दिने प्रयास गरिरहेका छन् । तर, प्रहरीले भने उनीहरुको जाहेरी दर्ता गरिरहेको छैन ।

जातीय विभेदको न्याय नपाएर पीडित भएकोे बेलामा यसरि दिनदिनै घरमै मान्छेहरु आएर धम्काउन खोज्दा आफूलगायत परिवारका अन्य सदस्यहरु असुरक्षित भएको महसुस गरेको ठडराईले बताए ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको २ हप्ता बित्दा पनि निवेदन दर्ता नभएको भन्दै बुधबार जिल्ला हुलाक मार्फत जिल्ला प्रहरी कार्यालयमा फेरी निवेदन पठाएको कमलले बताए ।

उता सरकारी वकिल कार्यालयमा निवेदन दर्ता गर्दा उल्टै थर्काएर पठाएको उनले दावी गरे । यहाँ दर्ता हुदैन पहिला प्रहरीकोमा दर्ता गर्नु अनि यहाँ आउनु भन्दै पठाएको पीडितले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।