धनगढीमा कार्यरत ३७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहले बताए ।



उनका अनुसार सबै संक्रमित सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत छन । उनीहरुको दर्जा भने खुलाईएको छैन ।
यसअघि बुधवार गणमा कार्यरत ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । योसंगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या ८३ पुगेको छ ।
आज धनगढीमा ५० जनामा संक्रमण पुष्टि भएको थियो । बाँकी १३ जनालाई उपमहानगरपालिकाले सम्पर्कमा ल्याउने काम भईरहेको छ ।
Views: 141

























